हेटौंडा – हेटौंडाको पाँच वटा वडामा मंगलबार आरडीटी टेष्ट गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटैंडाको वडा नम्बर ३, ६, ७, ८ र १९ नम्बर वडामा ¥यापीड टेष्ट गरेको हो । पाँच वटा वडामा गरिएको ५४ जनाको आरडीटी टेष्ट गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । टेष्ट गरिएका सवै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो ।

 

 

५४ जना मध्यमा ५जना महिला र ४९ जना पुरष रहो छन् । उपमहानगरपालिकाले वडा वडामा पुगेर बिदेशबाट फर्किएकाहरुमा कोरोना भाइरस (कोभिड १९) को आरडीटी विधिबाट परिक्षण गरेको हो । बिदेशबाट फर्किएकाहरुलाई सजिलो होस भन्ने उदेस्यले नगरको अस्पतालमा वा एकै स्थानमा गर्नु भन्दा पनि वडा वडामा पुगेर कोरोना भाइरस भएनभएको परिक्षण गरिएको मेयर महतले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here