वीरगन्ज मुलुकको प्रमुख प्रवेशद्वार हो । कोरोनाको त्रास बढेसँगै वीरगन्ज नाकामा जसरी कडाइ गरिनु पर्दथ्यो त्यसो हुन सकेको छैन । जसका कारण नेपालमा संक्रमतिहरु बढी भेटिएका छन् । छिमेकी मुलुक भारत विश्वकै कोरोना ‘हटस्पट’ बनेको छ । त्यहाँ हरेक दिन सरदर तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन ्। विश्वका नयाँ संक्रमितका आधाभन्दा धेरै भारतमै छन् । बीचमा कोराना केही मत्थर हुँदा उता गएका नेपाली अहिलेको परिस्थितिमा पुनः घर फर्किइरहेका छन

तर, तिनीहरू देशमा कोरोना ल्याउने प्रमुख माध्यम बनिरहेका छन् । तिनको उचित व्यवस्थापन हुन सके कोरानाको व्याकताबाट जोगाउन सकिने थियो । तर, हाम्रा नाकाहरूमा त्यसको प्रवन्ध हुन सकेको पाइँदैन । भारतका विभिन्न सहरबाट घर फर्किनेको नेपाली नाकामा एन्टिजेन परीक्षण हुन्छ । तर, पोजेटिभ देखिएकालाई समेत होल्डिङ सेन्टरमा राखिन्न । एन्टिजेनमा पोजेटिभ देखिएका उनीहरूलाई सरकारी अधिकारीहरूले घर जान भनिरहेका छन् ।

वीरगन्जमा समेत होल्डिंग सेन्टर स्थापना नहुदा भारतबाट आएकाहरुलाई सिधै घर पठाइएको छ । जसले गर्दा संक्रमणको दर झनै बढेको छ । वीरगन्जको सीमा नाममा कडाइ गर्नु पर्दछ । भारतबाट फर्किरहेका १५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैले पनि सीमा नाकामा कडाइ गरी होल्डिंग सेन्टर बनाउन आवश्यक छ ।

Leave a Reply