वीरगञ्ज,त्रिवि कर्मचारी संघ ईकाई समिति ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरुले गरेको आन्दोलनप्रति एकीकृत प्रगतिशील प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस ईकाईले ऐक्यबद्धता जनाएको छ ।संगठनका अध्यक्ष अजयकुमार झा र सचिव इन्द्र भट्टराईले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले सरुवा गरेका बुधन मुखियाको सरुवा फिर्ता गर्नुपर्ने माग सहित जारी त्रिवि कर्मचारी संघ ठाकुरराम ईकाईको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

क्याम्पसको बढेको बेथिति, विकृति, विसंगती तथा अप्राज्ञिक कार्यले क्याम्पसको शैक्षिक वातावरण दिनानुदिन खस्किदै गईरहेको र सुधारको किन्चित सोच क्याम्पस नेतृत्वमा नपाइएको संगठनको आरोप छ ।
क्याम्पसमा आन्दोलनरत त्रिवि कर्मचारी संघको तालाबन्दीने कामकाज ठप्प रहेको र क्याम्पसमा बर्षेनी शिक्षक तथा कर्मचारीहरुको अनिवार्य सेवानिवृत्ति हुने प्रक्रियाले ५, ६ जनाले काम गर्ने शाखाहरुमा कर्मचारी अभावले १ जना कर्मचारीबाट शाखाहरु सञ्चालन गर्नुपर्ने बाध्यतात्मक अवस्था पनि रहेको अवस्थामा कतिपय सिफ्टमा त कार्यालय सहयोगीमार्फत पुस्तकालय, विद्यार्थी कल्याण शाखाहरु सञ्चालन गरिरहनु अवस्था रहेको संगठनले जनाएको छ ।
विज्ञप्तिमा क्याम्पसमा कार्यरत सहायक स्तरका कर्मचारी त्रिवि ऐन, नियम विपरित ११ महिनामै घर पायकबाट अपाउक सरुवा गर्नु वा गराउने कार्य अत्यन्तै दुखद भएको जनाइएको छ । त्यसकै विरोधमा क्याम्पसमा आन्दोलनरत त्रि.वि. कर्मचारी संघको तालाबन्दीने गरी कामकाज ठप्प रहेको छ ।

क्याम्पसको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई सहज बनाउन विभिन्न समयमा यहाँका बेथितिहरु पनि सार्वजनिक हुँदै आईरहेकोले त्रिवि तथा सम्बन्धित निकायसँग वर्तमान समस्या तथा त्यहाँको अन्य समस्याहरुको समाधानको लागि हार्दिक अपिल गर्दै कर्मचारीहरुले गरेको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेको पनि संघठनले जनाएको छ ।
कर्मचारी सरुवाको विरोधमा कर्मचारीहरुले लगाएको तालाबन्दीका कारण नौ दिनदेखि क्याम्पसको प्रशासनिक काम ठप्प रहेको छ ।

 

Leave a Reply