वीरगन्ज,बाराको परवानीपुरमा आयोजित प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बाग्मती युवा क्लब चपुर रौतहटले जितेको छ । बुधबार भएको फाइनल खेलमा वीरगन्ज युथ एकेडेमीलाई १–० गोलले हराउदै उपाधि जितेको हो । बागमतीका लागि सागर शाहीले गरेको एक गोल नै निर्णायक भएको हो । उपाधिसंगै बागमती युवा क्लब चपुरले नगद १ लाख रुपैया पुरस्कार हात पारेको छ । उपविजेता वीरगन्ज युथ एकेडेमीले भने नगद ५० हजार रुपैयामै चित्त बुझाएको छ । शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए । प्रतियोगिता बैशाख १८ गतेसम्म संचालन गर्ने भनिए पनि वीरगन्ज आसपासमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि एकै दिन दुईवटा खेल खेलाइएको थियो ।

Leave a Reply