बर्षा लाग्यो डुबानको समस्या, हिँउद लाग्यो धुलोको समस्या । समस्या नै समस्याको पोकोको रुपमा नेपालका तराई मधेशका जिल्लाहरु अझ पिल्सिएका छन् कि भन्ने जस्तो पनि लाग्न थालेको छ । अहिले बर्षायाम छ, समाचार डुबानको बनाउनु परेको छ । पहाडतिर बाढी र पहिरोको खबरले प्राथमिकता मात्रै होइन क्षति नै गरेको छ । ठूलै मानवीय र भौतिक क्षति भएको छ । यो हरेक वर्ष हुने गर्दछ ।

बारा र पर्सा पनि डुबानबाट अलग रहन सकेको छैन । यो समस्या नौलो पनि होइन तर हरेक वर्ष यही समस्यहरु दोहोरिने गरेका छन् । यो समस्या दोहोरिन नदिनका लागि दीर्धकालिन रुपमा नीति बनाउन आवश्यक छ । दीर्धकालिन समस्या समाधानका लागि अब उपाय निकाल्न सकिएन भने संधै यही दुर्दशा दोहोरी रहने निश्चित छ ।

अहिले हरेक स्थानीय तहमा निर्माणका लागि बजेट छ । जनप्रतिनिधिहरुको पनि सरकार छ । अहिले नभएका बिकास कर्मचारीको पालामा न भएका थिए न त हुन्छन् नै । त्यसैले पनि सरकारले दीर्धकालिन सोच बनाउन आवश्यक छ । हरेक स्थानीय तहले यस बिषयमा दीर्घकालिन सोच बनाउन सके भने मात्रै बर्षायाममा दोहोरिने यस्ता समस्या स्थायी रुपमा समाधान हुनेछन् ।

Leave a Reply