वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित धर्मशालामा भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा रास्वपा पर्साका जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि पन्त) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
रास्वपा क्षेत्र नम्बर १ का सभापति तेज सम्शेर जबरालगायत पार्टीका नेता, कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको कार्यक्रममा वडाका विभिन्न समस्या तथा विकास निर्माणका विषय उठाइएको थियो ।
स्थानीयवासीले सडक, पूर्वाधार तथा अन्य स्थानीय आवश्यकताबारे सांसद पन्तलाई जानकारी गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
















