सरकारले केही वर्ष अगाडिबाट स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । आम नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच होस् भन्ने उद्देश्यले सरकारले यो स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो । स्वास्थ्य बिमा कार्यक्रम शुरु भएपछि यो कार्यक्रम लोप्रिय पनि बन्दै गएको छ । सरकारले देशभर संचालन गरेको यो कार्यक्रम बारा जिल्लामा पनि लागु छ ।
तर, बारामा अपेक्षाकृत नागरिकहरुले स्वाथ्य बिमाबाट लाभ लिन नसकेको कुरा स्वास्थ कार्यालयसंग भएको तथ्यांक र स्वास्थ्यकर्मीहरुको भनाइले पुष्टि गर्छ । त्यसैले पनि स्वास्थ्य बिमा कार्यक्रम बारामा भने जसरी प्रभावकारी नभएको पुष्टि हुन्छ । यसका लागि दोष सरकारी अधिकारीहरुलाई मात्रै दिन पनि हुदैन ।
नागरिकहरु आफै पनि सचेत बन्न आवश्यक छ । सरकारले ल्याएको नीतिको बिषयमा नागरिकहरुले चासो नदिने हो र नलिने हो भने यस्ता महत्वपूर्ण कार्यक्रमहरुले सफलता हासिल गर्न नसक्ने स्पष्ट छ । त्यसैले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ र यसका लागि अझै स्पष्ट नीति बनउन आवश्यक छ ।