वीरगन्ज,पर्सा प्ररहीले वीरगन्जमाबाट मोटरसाइकल चोर्दाचोर्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको कोल्हवी नगरपालिका ७ का २० वर्षीय भुवन चौधरीलाई मोटरसाइकल चोर्दा चोर्दै पक्राउ गरिएको हो । रौतहट वृन्दावन नगरपालिका १ घर भई हाल वीरगन्ज महानगरपालिका १२ बस्ने अजय कुमार यादवको प्रदेश २-०३-०१२ प २६३८ नम्बरको मोटरसाइकल वीरगन्ज महानगरपालिका १२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर डो¥याएर लैजाँदै गर्दा चौधरी पक्राउ परेका हुन् ।चौधरीले उक्त मोटरसाइकल लग्दै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले होहल्ला गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चौधरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको थियो । चौधरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।



















