रौतहट,कुस्ती खेलाडी उपेन्द्र दास बैरागी (यादव)को गोली हानी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गौर नगरपालिका वडा नम्बर– ८ का यादवको हत्या गरेको आरोपमा देवाही गोनाही नगरपालिका वडा नम्बर– ७ का सोनफी हजरा पक्राउ परेका हुन् ।

२०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा राति सवा ८ बजे लोडसेडिङको मौका छोपेर उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका उनको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यादवकी श्रीमती रामकुमारी देवीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी थिइन् । यादवको हत्या भएको १० वर्षपछि प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । रौतहटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार पक्राउ परेका सोनफीलाई बुधबार नै जिल्ला अदालतमा उपस्थिति गराइएको छ ।

सन् १९९९ नेपालमा भएको आठौं साफ प्रतियोगिताअन्तर्गत कुस्ती खेलमा बैरागीले कास्य पदक जितेका थिए । बैरागीलाई सरकारले गोरखा दक्षिणबाहु पुरस्कारबाट समेत सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here