पछिल्लो एक हप्ताको अन्तरालमा वीरगन्जको नारायणी अस्पतालमा चारजना कोरोना संक्रमितको निधन भएपछि वीरगन्जका चिकित्सकहरुले गम्भीर चिन्ता जनाएका छन् । उनीहरुले सार्वजनिक रुपमा नै अपील जारी गर्दे आम नागरिकहरुलाई सचेत रहन भनेका छन् भने राज्यका निकायहरुलाई खबरदारी गरेका छन् । डाक्टरहरुको यो खबरदारीलाई नजरअंदाज गर्ने अवस्था छैन । यदि नजरअंदाज गरियो भने भोलि भयाभह अवस्था अवस्था आउन सक्ने खतरा छ ।

डाक्टरहरुले नै खबरदारी गरिरहेको अवस्थामा आम नागरिकहरु सहित स्थानीय सरकार र राज्यका निकायहरु कानमा तेल हालेर बस्न मिल्दैन । उनीहरु सर्तक हुन आवश्यक छ । डाक्टरहरुले भनेको कुरालाई ख्यालख्याल ठान्न पनि हुदैन । वीरगन्ज क्षेत्रमा नयाँखालको भाइरस प्रवेश गरेको छ । युवा पुस्ता यसको जोखिममा रहेको कुरा डाक्टरहरुले नै बताएका छन् ।

त्यसैले पनि यस्तो बिषयमा कसैले पनि हेलचेक्र्याइ गर्न हुँदैन । सावधानी र उच्च सर्तकता अपनाउन आवश्यक छ । त्यसैले पनि अम सर्वसाधारण नागरिकहरुले पनि कम्तीमा मास्कको प्रयोग गर्नका लागि अल्छी मान्नु हुदैन । मास्कले थोरै नै भएपनि कोरोनाको त्रास कम गराउछ । त्यसैले पनि आजैबाट सतर्क बनौं र कानमा तेल हाल्ने क्रम बन्द गरौं ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here