क्लबका अध्यक्ष न्यौपाने विद्यालयका प्रअलाई पंखा हस्तान्तरण गर्दै ।

पुष्पराज खतिवडा
बारा
०५ बैशाख २०७८
सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले पंखा जडान गरि सहयोग गरेको छ । लायन्स सिमराले जीतपुरसिमरा १० अम्बाटार स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा १० थान सिलिङ पंखा सहयोग गरेको हो ।
आईतबार अपराहन्न विद्यालय परिषरमा आयोजित कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक सुधामा प्रसाद यादवलाई क्लबका अध्यक्ष हंकल्पीत नयौपानेले पंखा हस्तान्तरण गरेका हुन् । पंखा अभावमा तराईको चर्को गर्मिमा तातो छानामुनी पठनपाठन प्रभावित बनेको थाहा भयो । गर्मीमा विद्यार्थी तथा शिक्षकलाई राहत पुगोस् भनेर पंखा सहयोग गरेको क्लबका अध्यक्ष न्यौपानेले बताए ।
पाँच कक्षा सम्म पठनपाठन हुने उक्त बिद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान भएको थिएन । चर्को गर्मीमा टिनको छानामुनी कष्ठपुर्ण पठनपाठन हुँदै आएको अवस्थामा लायन्स क्लब अफ सिमराको सहयोगबाट विद्यालयले राहत महसुस गरेको विद्यालयका प्रधानाध्यापक यादवले बताए ।
विद्युत सेवा समेत विद्यालयमा विद्युत समेत जडान गरिदिएका छौं, सिमरा लायन्सका उपाध्यक्ष दिवाकर भण्डारीले बताए । द्रुत रुपमा विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रामु श्रेष्ठले सहयोग गर्नु भएको हो ।
पंखा वितरण तथा जडान कार्यक्रममा क्लबका कोषाध्यक्ष राजकुमार लामा, सदस्य मिथिलेस कुमार महतो , विद्यालयका शिक्षक शिक्षीका, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
फोटोमा ः क्लबका अध्यक्ष न्यौपाने विद्यालयका प्रअलाई पंखा हस्तान्तरण गर्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here