निजगढ,निजगढ नगर कार्यपालिकाले संविधान दिवसको अवसरमा बुधवार कार्यालय परिसरको सरसफाइ र दीप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, निजगढस्थित सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा लोकतन्त्र स्थापना तथा विभिन्न कालखण्डमा समाज तथा राष्ट्रको प्रगतिको लागि जीवन बलिदान गर्ने ज्ञातअज्ञात सहिदहरुको सम्मान एवं सम्झनामा माल्यार्पण समेत गरिएको थियो ।कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले नेपालको संविधानले सबै वर्ग, क्षेत्र, समुदायको हक अधिकारको संरक्षण, समानुपातिक समावेशीताको सुनिश्चितता गरेकोले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलहरु, कर्मचारीहरु, संचारकर्मीहरु एवं नागरिकहरुले आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बिचार व्यक्त गर्नुभएको थियो ।


















