जीतपुर,बाराको जीतपुरमा शनिवारदेखि आयोजना गरिएको श्रीबलभद्र भगवानको दुई दिने पूजन समरोह आइतवार सम्पन्न भएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरमा ओयोजित दुई दिने पूजन समारोहको अन्तिम दिन आइतवार श्रीबलभद्र भगवानको मुर्ति बिसर्जन गर्दै पूजा समापन भएको हो ।
कलवार कल्याण समिति जीतपुर बाराको आयोजना भएको कार्यक्रमको पहिलो दिन झाँकी, बाजागाजा, घाडाको घोड्दौल सहित शोभा यात्रा निकालेर पूजा आरम्भ भएको थियो । सोही क्रममा झाँकी, धार्मिक नृत्य, भजन किर्तन सहितको साँस्कृतिक कार्यक्रम गरी आइतवार बिहान श्री बलभद्र भगवानको मुर्ति बिसर्जन गरेर पूजा समापन भएको हो ।



















