कलैया,बिश्वव्यापी सामाजिक सुरक्षा सप्ताह २०२२ को अवसरमा कलैयामा सामाजिक सुरक्षा सम्वन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।
वि.सोशियल.मोमेनटको सहयोग, सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको समन्वय, कलैया उपमहानगरपालिकाको सहकार्य र संरक्षण नेपालको आयोजनामा कलैयाको तिन स्थानमा चेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो ।
सामाजिक सुरक्षा अन्तर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, सिमान्तकृत, पिछिडिएका, यौनिक तथा लैगिक अल्पसंख्यक गरिब तथा बिभिन्न सेवाबाट बन्चित वर्गहरुको हकहित, संरक्षण र उत्थानको लागि स्थानीय तहबाट सेवा प्रवाहमा जोड दिने उदेश्यले सडक नाटक कार्यक्रम संचालन गरिएको आयोजक संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले बताउनुभयो ।
सडक नाटकमार्फत करिब सात सय ५० जनालाई सामाजिक सुरक्षाको कानुनी प्रावधान बारे बिभिन्न पोष्टर, पम्पलेटमार्फत सेवा प्रवाह गरिएको संरक्षण नेपालको कार्यक्रम संयोजक मुकेश कुशवाहाले बताउनुभयो । लक्षित वर्गहरुको कानुनी प्रवधान तथा नीति नियम लेखिएको पोष्टर, पम्पलेट, बु्रसियल तथा सूचनामार्फत हेल्प डेक्स संचालन भएकोमा कलैया उपमहानगरपालिकाको सामाजिक बिकास तथा पञ्जीकरण शाखाका प्रमुख तपसीप्रसाद चौरसीयाले प्रसंशा गर्नुभएको थियो ।
सडक नाटक प्रदर्शनको क्रममा कलैया उपमहानगरपालिकाको सामाजिक बिकास तथा पञ्जीकरण शाखाका प्रमुख चौरसीया, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख नेहाकुमारी केशरी, संरक्षण नेपालका अध्यक्ष कुशवाहा, कार्यक्रम संयोजक कुशवाहा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।



















