काठमाडौँ, १९ वैशाख (रासस) ,बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख देवराज घिमिरेले मंगलवार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराउनुभएको हो ।यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसक्नुभएको छ ।

Leave a Reply