हेटौंडा – हेटौंडामा अहिले गमला सहितको फूल रोप्ने अभियाननै सञ्चालन गरिएको छ । हेटौंडाको रापती रोडमा ठुलो गमलामा सडक पेटीमा फूल रोपीएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

हेटौंडाको मुल सडक राजमार्ग भएकाले संघीय सरकारले कुनैपनि समयमा भत्काउन सक्ने भएकाले गमलामा फूल रोपिएको र यदी सडक फराकिलो पार्दा फूल सुरक्षित रुपमा अन्यत्र लैजान सकिने मेयर महतले वताउनुभयो । हेटौंडाको मेनरोड भन्दा बाहेकका वजारको भित्री सडकमा फूल रोपिसकिएको र मेनरोड र ररापतीरोडमा सडक भत्काउने सूचनाले नरोपीएपनि अव भने गमला सहितको फूल रोपीएको मेयर महतले वताउनुभयो ।

 

 

 

 

सडक भत्काउने सडक कार्यालयले सूचना निकाल्ने तर, काम नगरेकाले मुल सडकमा फूल सजाउने अभियान रोकिएपनि अहिले भने गमलामा राखेर फूल रोपिएको मेयर महतले वताउनुभयो ।

Leave a Reply