सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टँंगियाबस्तिमा शनिबार राती आगलागी भएको छ । टाँगियाबस्ति निवासी मा बहादुर मोक्तानको घरमा आगलागी हुँदा ठुलो मात्रामा धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण मोक्तानकोे घर गोठ, पसल, भाडाकुडा, दोकानको समान सहित झन्डै ५ लाख नगद रकम समेत जलेर नष्ट भएको पारिवारिक स्रोतको भनाई उद्धृत गर्दै समाजसेवी रमेश सापकोटाले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन जीतपुरसिमरा, निजगढ र कोल्हबीबाट बारुण यन्त्र टांगियाबस्ती पुगेको थियो । यसैबीच, बाराको पचरौता नगरपालिका– १ पिपरपातीमा आगलागी हुँदा ४ वटा घर जलेको छ । आगलागीबाट ७ लाख १० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय जयनारायण यादवको घरमा चुल्होबाट बाहिर थुपारेको खरानीबाट अचानक आगो सल्किएको प्रहरीले बताएको छ । आगलागीबाट जयनारायण यादव, शम्भु यादव, नागेन्द्र यादव र मिश्री यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here