हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको चालू आर्थिक वर्ष २०७६। ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरि नगर कृषि र पशु प्रोफाइलको तयारी गरेको छ । पहिलो चरणमा उपमहानगरपालिकामा ओजेटीमा प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण सम्पन्न भएको छ ।

 

 

 

 

कृषि र पशु प्रोफाइलका लागि आवश्यक प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य वद्यार्थीहरुले गर्नेछन् भने त्यसको साथमा प्राविधिक कर्मचारीहरुले सहजीकरण गर्नेछन् । कार्यालयका पदाधिकारी एवं जनप्रतिनिधि मार्फत अनुगमन गरिने छ । आगामी फाल्गुण पहिलो हप्ताबाट तथ्यांक संकलनको कार्य थालनी हुने भएकोले यश कार्यमा सहयोग गर्न सबै सरोकारवालाहरु, कृषकहरुसँग उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

 

 

 

 

 

प्रारम्भिक तथ्यांक संकलन कार्य प्रत्येक वडाका टोलटोलमा गई कृषकहरुको विवरण तयार गरि क्लष्टरिङ गरि स्याम्प्लिङ्ग विधि प्रयोग गरि गरिने उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो । आर्थिक विकासको महत्वपूर्ण कडिको रुपमा रहेको कृषि र पशु क्षेत्रको विकासबाट मात्र समृद्ध र सुखी नगरवासी बन्ने अठोटका साथ तथ्यांक संकलन कार्य थालनी गर्ने भएको छ ।

 

 

 

 

 

 

सहि तथ्यांकले योजना तथा रणनीति तयार गर्न समेत सहज र वास्तविक कार्ययोजना बनाइ कार्यक्रम गर्न सजिलो हुने भएकोले कृषिरपशु प्रोफाइलको तयारी थालेको उपमहानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here