अनिल तिवारी
सिमरा – बाराको जीतपुरमा रहेको नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डाले ७३ जना जवानहरुलाई बुधवार पास आउट गरेको छ । २०७६ भदौबाट नेपाली सेनाको तालिममा सहभागी भएका बारा, पर्सा, रौतहट र महोतरीका सहभागीहरुले ६ महिनाको तालिम सम्पन्न गरी बुधवार पास आउट भएको नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डा जीतपुरले जानकारी दिएको छ ।
यस अवसरमा ६ महिने तालिममा सहभागीहरु मध्ये विभिन्न अभ्यासमा उत्कृष्ट भएका जवानहरुलाई पुरस्कृत गरीएको २८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी अनुपजंग थापाले जानकारी दिनुभयो । उत्कृष्ट भै पुरस्कृत हुनेमा सैद्धान्तिक तथा ब्यवहारिक दुबै पक्षमा प्रथम हुने एकबहादुर खड्का, सैद्धान्तिक तर्फ उत्कृष्ट हुने बिसाल कुमार, फायरिङ्ग तर्फ उत्कृष्ट हुने दिलबहादुर बस्नेत, दौड तर्फ उत्कृष्ट हुने सिताराम चौरसिया र बाधापार तर्फ उत्कृष्ट हुने विकेश प्रसाद कुर्मी रहेका छन् ।
बाहिनीका बाहिनीपति थापाले बुधवारबाट बाराका २६ जना, पर्साका ७ जना, रौतहटका ३० जना र महोतरीका १० गरी कुल ७३ जना जवानहरु पुर्णरुपमा देशको सार्वभौमसत्ता , भगौलिक अखण्डता तथा राष्ट्रिय स्वातन्त्रताका लागि तैयार भएको समेत जानकारी गराउनुभयो । पास आउटको अवसरमा नयाँ तालिम प्राप्त जवानहरुले दलाल कवाज प्रदर्शन गरेका थिए । ६ महिने तालिम पश्चात आफुहरुलाई नेपाल र नेपाली जनाको सेवा गर्ने अवसर प्राप्त भएको प्रति सेवामा प्रवेस गरेका जवानहरुले खुसी ब्यक्त गरेका छन् ।
यस पास आउटको अवसरमा हरेक जवानहरुको अभिभावकलाई समेत सामेल गराउने तैयारी भएपनि विश्वभरि नै महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण अभिभावका साथै अन्य बाहिरका अतिथीहरुलाई सामेल गराउन नसकिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली सेना २८ नम्बर बाहिनी अड्डा अन्तरगत रहेका बाहिनीका विभिनन ब्यत्तीत्वहरुको उपस्थिती रहेको सेनानी सारोज खड्काले जानकारी दिनुभयो ।