अहिले धमाधम धान रोपाइँ भइरहेको छ । धान रोपाई गर्ने यो समयमा मलको कृषकहरुलाई अति आवश्यक पर्दछ । तराई मधेश यसै पनि अन्नको भण्डार हो । अन्नको भण्डारमा नै मलको अभाव हुँदा कसरी भनेको जसरी उत्पादन बढ्ला र ? मल भारतबाट नै आयात हुने हो । बारा र पर्सा सहितका तराईका भेगमा भारतबाट लुकीछिपी मल ल्याइन्छ यो पनि सत्य कुरा हो । मल राम्रोसंग बिक्री नपाएको अथवा मल खरिदमा नै अवरोध भएको भन्दै बाराको सिम्रौनगढ क्षेत्रका नागरिकहरु आन्दोलित छन् ।

यो आन्दोदलनमा व्यवसायी पनि छन् । हुन त भन्सार छली ग्ेर ल्याउदा राज्यलाई घाटा होला । रजश्व राज्यको मर्ला नै तर बारा र पर्साका सीमा क्षेत्रका नागरिकहरुले दुई चार किलो आफ्नो खेतीका लागि मल ल्याउछन् र प्रयोग गर्छन् भने यसमा सरकार पनि मौन बस्नु पर्दछ बसेको पनि छ किनभने प्रहरी प्रशासनले यसलाई चाहेर पनि नियन्त्रण गर्न चैं सक्दैन ।

तर, मलमा तस्करी पनि हुनुभएन । तस्करी गर्न पाउनुपर्छ भन्ने कसैको भनाई आयो भने यसमा कडाइ हुन्छ नै । त्यसैले व्यवसायी यो विषयमा सचेत पनि हुन आवश्यक छ । माग राख्दैमा हुदैन कर पनि व्यवसायीले चैं तिर्नु पर्दछ । कृषकहरुले २÷४ किलो ल्याउनका लागि छुट होला तर बोराका बोरामा ल्याउने छुट हुने हो भने मल सहज देशका लागि हुनुपर्छ भएको तर भएको देखिदैन । त्यसैले सरकारले हरेक ठाउँका कृषकहरुका लागि मल सहज बनाउन आवश्यक छ ।

 

Leave a Reply