रौतहट, १९ गते भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६० औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षतामा जिल्ला शाखाको सभाहलमा ६० औँ स्थापना दिवसभव्यताका साथ मनाएको छ ।

यो अवरमा ञरेडक्रस अभियान परिचयात्मक एवम् रेडक्रस अभियानमा स्वयंसेवकको भुमिका तथा सम्मानझ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आफूहरु नेपाल रेडक्रस सोसाइटी संग सहकार्य गरेर अगाडि तथा सक्दो सहयोग गर्ने बताएका छन् । विशिष्ट अतिथिहरू रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही, पूर्व सभापति श्री महमद मजरुल हक, पूर्व सभापति श्री नन्द किशोर झा, निवृत्त सभापति श्री संजीव कुमार मल्लिक, अतिथि नेपाल प्रहरी प्रमुख वीर बहादुर बुढा मगर सशस्त्र प्रहरी गणं न उप प्रमुख धितिज क्षेत्री लगायत,जिल्ला कार्य समिति पदाधिकारी तथा सम्पूर्ण सदस्य एवं उपशाखाको सभापति वा प्रतिनिधि र स्वयं सेवकको उपस्थितमा रहेको थियो ।

कार्यक्रममा रक्तदानमा सुधार गर्नुपर्नेमा विशेष जोड दिएको थियो भने रक्तदान कार्यक्रम पनि सञ्चालन भएको थियो साथै पूर्व सभापतिहरु लगायत लामो समयदेखि कर्मचारीको रूपमा कार्य गर्दै आएका विगन महतोलाई सम्मान गरिएको थियो । रेडक्रस अभियान बारे मन्त्री धर्मेन्द्र प्र० सिहले सहजीकरण गरेका थिए भने कार्यक्रमको उदघोषण जिल्ला शाखाका म.उपसभापति निलु झाले गरेकी थिइन् ।

Leave a Reply