वीरगन्ज,पर्साको क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । तत्कालिन संघीय समाजवादी फोरमबाट हरिनारायण रौनियारले १५ हजार १ सय ६८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरीले १३ हजार ८ सय १ मत ल्याउनुभएको थियो भने गुप्ता १०हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा रहनुभएको थियो ।

Leave a Reply