काठमाण्डौं,लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराउनुभएको हो । अब ट्रसले मङ्गलवार महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्नुहुने बीबीसीले जनाएको छ ।

मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गर्नुभएको छ । विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभएको छ । उहाँले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिनुभएको छ ।

बेलायतको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका लागि कार्यकर्ताबाट नै नेतृत्व छान्ने गरेको छ । विभिन्न विवादमा मुछिएपछि चर्को आलोचनामा घेरिएका जोनसनले पद त्याग गर्ने घोषणा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here