नरेश गुप्ता,

 

बरियारपुर, २५ असोज– प्रदेश न २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीले शनिबार बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक बिद्यालयको अनुगमन गर्नुभएको छ ।

अनुगमन क्रममा मुख्यमन्त्री गद्दलिे प्रदेश भौतिक विकास तथा पुर्वाधार मन्त्रालयका सचिवलाई जिर्ण अवस्थामा रहेको छात्रावास र पोखरीको सौन्दर्यकरणको काम तत्कालअधि बढाउन निर्देशन दिनुभएको छ ।

धार्मिक एवम पुरातात्विक महत्व राख्ने सिद्धेश्वर माविमा अध्ययन गर्ने बटुकहरुको लागि छात्रावासको लागि भौतिक बिकास तथा पुर्वधार मन्त्रालयले वजेट बिनियोजन गरिसकेको र विद्यालय परिशरामा रहेको पोखरीको सौन्दर्यकरणको लागि डि पि आर समेत तयार गरेर पारेर कामअगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

विद्यलयका प्रधानाध्यापक छविरमन सुबेदीले जिर्ण अवस्थामा रहेको विद्यालय भवन निर्माणको लागि ध्यानाकर्षण गराउदै मुख्यमन्त्री गद्दीलाई ज्ञापनपत्र समेत बुझाउनुभएको थियो । बटुकहरुले वैदिक विधिव्दारा मन्त्र वाचन र पुष्प गुच्छाले मुख्यमन्त्री गद्दीको स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्रीले सिद्वेश्वर माविको सुन्दर पोखरी, फुलबारी, छात्रावास र विद्यालयको कक्षाकोठाको पनि निरीक्षण गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभासद पारस साह, प्रतिनिधि सभा सस्दय रामबाबुकुमार यादव, पुर्व सभासद प्रमोद गुप्ता, जनता समाजवादी बाराका नेताहरुको सहभागिता रहेको थियो । सिद्धेश्वर मावि जिल्लामा रहेको एउटामात्रै संस्कृत पाठशाला हो ।

मुख्यमन्त्री गद्दीले शनिबार नै कलैयास्थित श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालयकोसमेत अनुगमन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here