निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने कछडिया समुदायले बिहिबार सामुहिक रुपमा बही पूजा गरेका छन । हरेक वर्ष बैशाख १ गते गरिने पूजा यसपाली भने १ दिन ढिलो गरी आयोजना गरिएको हो । किम्बदन्तिअनुसार बही पूजा गर्दा स्थानीयले घरमा पालेको पशु चौपाय तथा मानिससमेत रोग व्यादीबाट मुक्त हुने र दिर्घायु प्राप्त हुने विश्वास रहेको छ । बही पूजा गर्नु अगाडि कछडिया समुदायका पुजारीले नुहाएर गाउँमा रहेको बरम स्थामा विधिपुर्वक निम पुजा गरेपछि पूजाको आरम्भ भएको थियो । यस क्रममा बाख्राको पाठी, कुखुराको भाले र परेवाको बली दिएपछि पुजा सम्पन्न भएको पुजारी कन्तलाल धामीले बताउनुभयो । स्थानीयका अनुसार परापुर्वकालदेखि नै कछडिया समुदायकी देवी सनसारी माईलाई भाकल गर्दा आफ्नो मनोआकांक्षा पुरा भएकाले बही पूजाको दिनमा सर्वसाधारणले भाकल बुझाउने चलन रहेको छ । आदिवासी जनजातिको रुपमा रहेको कछडियो समुदायको निजगढ नगरपािलका वडा नम्बर १, ४ र ११ मा बसोबास रहेको छ । कृषि पेसाबाट जीविकोपार्जन गर्दै आएको यो समुदाय प्रकृति पूजक पनि मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here