काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुने भएका छन्।
६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकका रूपमा कैद छुटको सुविधा माग गर्दै रायमाझीले काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले उनको कैदीपुर्जी संशोधन गरी कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको हो।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन्। संशोधित पुर्जीअनुसार रायमाझी कार्तिक २६ गते रिहा हुनेछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
रायमाझी कार्तिक २५ गते ६५ वर्ष पूरा गर्दै छन्। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका व्यक्तिले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ। सोही सुविधाका कारण उनको कैद अवधि घटेर रिहाइको मिति तय भएको हो।

















