बारा
२७ बैशाष २०७८
प्रहरी चौकी डुमरवानाका असई मानबहादुर कार्कीले सडक मानवको उद्दार गरेका छन् ।
सोमबार अपराहन्न जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना नयाँबस्तीमा भेटिएकी एक सडक महिलाको उद्दार गरि स्वास्थ्य जाँच तथा शंरक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगन्ज पठाइएको प्रहरी सहायक निरिक्षक कार्कीले बताए ।
मधेसी मुलकी अन्दाजी ६५,७० बर्षकी घर ठेगाना बताउन नसक्ने ती महिलाले हिन्दीमा मात्रै कुरा गर्ने र फोटो खिच्न खोज्दा मुख छोप्ने उनी विरामि अवस्थामा भेटिएकी हुन् ।
स्थानीय पत्रकार सुनिल गाउँलेले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्दार गरी अस्पताल पठाएको हो ।