कलैया,गृह मन्त्रालयले बारा र पर्सासहित देशभरि ४४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।मन्त्रालयका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सिरहाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन हुनुभएको छ भने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको गृह मन्त्रालयमै सरुवा भएको छ ।
बारामा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल आउने हुनुभएको छ । उहाँलाई चितवनबाट बारा आउन लाग्नुभएको हो । पर्सामा भने पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी आउने हुनुभएको छ ।

त्यसैगरी काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ । घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख हुुनुहुन्थ्यो । धादिङमा ओखलढुंगाका सिडिओ विजयराज सुवेदीलाई खटाइएको छ ।
यसैगरी, भक्तपुरमा नवराज घिमिरेलाई सरुवा गरिएको छ । दोलखा, भोजपुर, सङ्खुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, दाङ र सिरहाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन ।गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको बुधवार एकसाथ सरुवा गरेको हो ।



















