बरियारपुर, २५ असोज– बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेका अवैध मदिरा भट्टी र ठुलो परिमाणमा घरेलु मदिरा शनिबार नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यलय बाराको टोलीले सिम्रौनगढ, डुमरवाना, गन्जभवानिपुर, मधुवन, पिपरपातीलगायतको क्षेत्रमा संचालनमा रहेको घरेलु मदिरा भट्टी र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्रराज कडेलको कमान्डमा मातहतमा प्रहरी युनिटबाट गएको टोलीले १२ हजार लिटर कच्चापदार्थ, ८ सय लिटर तयारी मदिरा र रक्सी बनाउन प्रयोग गरिने तीन थान मसिनसमेत बरामद गरिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।