निजगढ,वन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन । सवडिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २– ०३–००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित बिहीवार बिहान पक्राउ गरिएको हो ।पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिनुभयो । सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सवडिभिजन वन कार्यालय निजगढ, सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचान गरिएको थियो ।

गिट्टी, बालुवाको अवैध उत्खनन् गर्ने ५ ट्याक्टर प्रहरी नियन्त्रणमा
राजन कुमार बनिया
पोखरिया,पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित भेडाहा खोलाबाट अवैध रुपमा चोरी निकासी गरी गिट्टी, बालुवा उत्खनन् गर्ने ५ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको निर्देशनअनुसार प्रहरी चौकी मिलन चौकबाट खटिएको प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।प्रहरीकाअनुसार ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र प्रदेश २.०३००१ त ४७४७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । गिट्टी बालुवाको अवैध उत्खननका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















