कृपा सवाददाता
हेटौंडा , २१ कार्तिक । हिमाल, पहाड र तराइ क्षेत्र ओगटेको प्रदेश ३ लाई रसुवा र तातोपानी नाकाबाट चीनको बेल्ट एण्ड रोड आर्थिक करिडोर विकास हुँदै गएकाले विश्वबजारको प्रदेशद्वारका रुपमा अध्ययनमा उल्लेख गरिएको छ। यो प्रदेशमा औद्योगिक, कृषि, वन, खनिजश्रोत, जलस्रोत र प्राकृतिक सुन्दरता तथा व्यापारिक केन्द्र र सांस्कृति, धार्मिक र पुरातात्विक महत्वको स्थलको रुपमा हेरिएको छ।

 

यस प्रदेशमा कृषिजन्य वस्तु उत्पादनमा धान चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी, साथै औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका विस्तुहरू, हस्तकलदाका सामग्री निर्यात गर्न सकिन वस्तुको रुपमा उल्लेख गरिएको छ। सेवाहरूमा जलविद्यूत, आइटी तथा बिपिओ, चिकित्साको प्रोफाइल तयार गरिएको छ। यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्चिचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ रहेकाछन्। त्यस्तै, हस्तकलाका सामान र विजुलीलाई पनि लिइएको छ।

 

अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुहरू तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामानलाई राखिएको छ। मुलुकको वैदेशिक व्यापार घाटा कसरी घटाउन भन्ने बहस भइरहेको बेला सरकारले सातै प्रदेशको उत्पादन प्रोफाइल तयार गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रोफाइल तयार गरेर प्रत्येक प्रदेश सुझाब सहित प्रतिवेदन पठाइएको छ।

 

 

केन्द्रले सातै प्रदेशमा रहेका निर्यातयोग्य वस्तुहरू, आयात प्रतिस्थापन एवं अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तु तथा सेवाहरूको विस्कृत रुपमा अध्ययन गरी बस्तु तथा सेवाहरूको प्रोफाइल तयार गरेको हो। सरकारले गत आर्थिक वर्षमा उक्त प्रोफाइल बनाउने योजना अनुसार झन्डै ६ महिना लगाएर अध्ययन प्रतिवेदन तयार गरिएको थियो। छुट्टाछुट्टै तयार गरिएको सातै प्रदेशको उत्पादन प्रोफाइललाई प्रत्येक प्रदेशमा पठाइसकिएको छ। प्रोफाइल तयार गर्ने क्रममा स्थलगत अध्ययन, सारोकारवाहरूसँग छलफल, अहिलेसम्मको आयात निर्यातको अवस्था र अबको सम्भावनालाई विषयमा छलफल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here