बरियारपुर,खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर बारामा एकजना किसानको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर निवासी तेजालालप्रसाद यादवको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा पानीमा लत्रिएको विद्युतको तारबाट प्रवाहा भएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिनुभयो ।

खेतमा सिचाई गर्न जोडिएको पानी तान्ने मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भएपछि उनको घटनास्थल मै ज्यान गएको थियो । घटनास्थलमा प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्टमको लागि कलैया अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here