कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा अबैध रुपमा लगाइएको दश कठ्ठा क्षेत्रफलको गाँजा सशस्त्र र नेपाल प्रहरीको टोलीले मंगलवार फाडेर नष्ट पारेको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बिष्ट र ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायब निरीक्षक राजाराम यादवको नेतृत्वमा गएको संयुक्त प्रहरी टोलीले जिराभवानी गाँउपालिका वडा नम्बर ३ सहजानपुर खोला बगरको जमिनमा अबैध रुपमा लगाइएको दश कठ्ठा क्षेत्रफलको गाँजाको बोट फाडेर नष्ट गरिएको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक रिवाज दहालले जानकारी दिनुभयो ।गाँजा खेती गर्ने व्यक्तिको पहिचान गरि कारबाही गरिने ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ बुढाथापाले जानकारी दिनुभएको छ ।

Leave a Reply