कलैया, १३ भदौँ– जिल्ला प्रहरी कार्यालय बारले भारतबाट चोर पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बरामद गरेको एक थान मोटरसाइकलसहित २ लाख ५० हजार मुल्य बराबरको सामान शुक्रबार भन्सार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटेको टोलीले बिहिबार विभिन्न किसिमको कस्टमेटिक, किराना, केराउ, सुर्ती तथा अन्य मालसामान बेवारिसे अवस्थामा बरामद गरी भन्सार ऐनअनुसार आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंजमा पठाइएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here