काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ टिमले मधेश प्रदेशमाथि सानदार १० विकेटको जित निकालेको छ । जारी प्रतियोगितामा प्रदेश–१ को यो दोस्रो जित हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ३१.३ ओभरमा ७० रनमै अलआउट भएका थियो ।

७० रनको सामान्य लक्ष्य प्रदेश–१ ले १९.२ ओभरमा विना क्षति पूरा गरेको हो । ओपनरहरु सोनु अन्सारीले ४५ रसुभान गहतराजले २४ रन बनाए ।

त्यसअघि, ब्याटिङ गरेको मधेश प्रदेशका लागि ओपनर मयन यादवले सर्वाधिक १९ रन बनाए । विकेटकिपर दब्लु मलिकले १२ रन बनाए । त्यस बाहेकका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश–१ का लागि दिपेश कंडेल र विपिन महतोले ३–३ विकेट लिए । सन्देश भट्टराईले २ विकेट लिए ।

तीनै खेल हारेको मधेश अंक तालिकाको पुच्छारमा रहेको छ भने प्रदेश–१ चार खेलमा २ जित र २ हार सहित चौथो स्थानमा छ ।

राउण्ड रोबिन प्रणालीअन्तर्गत भएको प्रतियोगितामा अंक तालिकाका शीर्ष २ टिमले फाइनल खेल्नेछन् ।

Leave a Reply