बरियारपुर,महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित ताराचन पटेलको गोठमा बिहीबार आगलागी भएको छ । आगलागीबाट १ लाख ५० हजार मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका बाख्रा, भैंसी जलेर मरेका छन । प्रहरी, स्थानीयबासिन्दा र नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply