निजगढ,घिमिरे बन्धुहरुको भेलाले बारामा घिमिरे राष्ट्रिय प्रतिष्ठानको प्रारम्भिक कमिटी गठन गरेको छ ।
निजगढमा शनिवार भएको जिल्ला भेलाले रामकृष्ण घिमिरेको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।
जिल्ला प्रतिष्ठानको उपाध्यक्षमा ओमप्रसाद घिमिर, सचिवमा बिनोदप्रसाद घिमिरे, कोषाध्यक्षमा छविलाल घिमिरे चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा नरेश घिमिरे, गोविन्द घिमिरे, कमलकान्त घिमिरे, दिपक घिमिरे, कुमार घिमिरे र मिथिला घिमिरे चयन भएका छन् ।भेला निजगढ नगरपालिका ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको भेलाको अध्यक्षमा तेजप्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम संचालन मणीश्वर घिमिरेले गर्नुभएको थियो ।
भेलाले छिटै नै निजगढ नगर समिति पनि गठन गर्ने जिल्ला सचिव बिनोद घिमिरेले जानकारी दिनुभयो ।



















