युवाहरुको चुनाव र नेतृत्वप्रति बढी वितृष्णा देखिन्छ । खासगरी बिदेशमा रहेका युवाहरुको असंतुष्टि राजनीतिमा बढी छ । त्यसो त नेपालमा नै रहेका युवाहरुको पनि चर्को वितृष्णा छ । यही वितृष्णाकाबीचमा पनि अहिले नजिकिदै गरेको स्थानीय तहको चुनावमा प्रायः युवाहरुकै उम्मेदवारी पनि बढी छ । युवाहरुको उम्मेदवारी समग्र युवाहरुको होला नहोला यसमा फेरि अर्को बहस होला नै ।
तर, युवाहरुले बिरोध गर्नु भन्दा पनि समय आउदा बिवेक चैं बढी प्रयोग गर्न आवश्यक देखिन्छ । युवाहरुले मुलतः निर्णायक समयमा आफ्नो विवेक प्र्रयोग गर्ने हो । ३० गते चुनाव हुदैछ र पाँच वर्षका लागि आफ्नो पालिकामा जनप्रतिनिधि रोज्ने अवसर आउदैछ ।
यसमा युवाहरुको बिवेक आवश्यक छ । घरमा रहेका पौढ ब्यक्तिहरुको समेत भोट युवाहरुले नै खसाल्ने र मत उनीहरुको निर्णायक हुने भएकाले पनि युवाहरुले बिवेक प्रयोग गर्न आवश्यक छ । पैसा वा मदिराको पछाडी लागेर आफ्नो मतलाई दुरुपयोग गर्न हुन्न । सही र सक्षम व्यक्ति छानेको खण्डमा आफ्नो पालिका बन्छ यसमा सचेत हुन जरुरी छ ।