बरियारपुर, १३ भदौँ– सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरको टोलीले नियन्त्रणमा लिएको भन्सार छलीका पाडापाडी १ लाख ६९ हजारमा लिलामी भएको छ ।
प्रहरीले भन्सार छलीका १५ वटा पाडापाडी नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा रहेको सशस्त्र प्रहरी बलले करैयामाई गाउँपालिकाबाट १५ वटा पाडापाडी नियन्त्रणमा लिएको हो ।
सिमा पारी भारतीय नाकाबाट नेपाल प्रवेश गराइएको पाडापाडी तस्करहरुले काठमाडौ लाग्न जम्मा पारेको अवस्थामा प्रहरीले करैयामाईबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर बुझाएको पाडापाडी भन्सार कार्यालयले १ लाख ६९ हजार रुपैयामा लिलाम गरेको सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
सिमा नाकाबाट भारतीय मालसामानसहित पशु र चौपायाकोसमेत तस्करी हुन लागेपछि सशस्त्र प्रहरी बल नम्बर १२ गणले सिमा क्षेत्रमा निगरानी बढाएको छ ।