सरकारले चुनावको घोषणा गरेको छ । दिन नै गन्ने हो भने सरकारसंग चुनाव गराउन करिब करिब ९० दिनको समय मात्र बाँकी छ । तर देशमा अहिलेसम्म चुनावको खासै माहौल त देखिदैन तैपनि चुनाव लागेको अनुभूति भने मतदाता नामावली दर्ता गराउनेहरुले गराएका छन ।देशभर नयाँ मतदाताहरु थपिएको कुरा निर्वाचन आयोगले बताइरहेको अवस्थामा बारामा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या उच्च नै देखिएको छ । २४ हजार बढी मतदाताह्रले आफ्नो नाम मतदानको लागि दर्ता गर्नु भनेको नागरिकहरुमा चुनावको उत्साह भएको नै मान्नु पर्दछ ।
फागुन २१ गते घोषणा गरिएको निर्वाचन हुने वा नहुने भन्ने एकखालको अन्यौलता भएपनि बारामा नागरिकस्तरमा भने चुनावको रौनक देखिएको छ । यसले नागरिकहरु चुनावका लागि लालाहित भएको पनि पुष्टि गर्दछ ।

बिशेषतः युवा वर्ग यसका लागि बढी आतुर पनि देखिएका छन् । सरकारले घोषणा गरेको चुनावमा भाग लिनु नै अब सबैका लागि हितकर देखिन्छ । यस पटकको निर्वाचन अलि फरक हुने पनि आँकलन गरिएको छ र युवा वर्गको चुनावमा देखिएको आर्कषणले पनि यस्तै भन्छ ।तर, राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुसार चुनावको ब्याख्या गरेको देखिन्छ । आफ्नो अनुकुल भए चुनाव होस् भन्ने नभए नहोस् वा हुन नदिनेसम्मको हर्कत गर्ने गरेको पनि देखिन्छ । यो गलत हो ।

चुनाव भनेको दलको परीक्षा पनि हो । चुनाव करिब एक वर्ष अगाडि हुन लागेको छ । अलि हतार पनि भयो होला तर चुनावको घोषणा भइसकेकाले अब यसबाट नभागौं । चुनावबाट भाग्ने चैं दल हुन पनि सक्दैन ।

Leave a Reply