जीतपुर,एमसिसी विरुद्ध काठमाण्डौंमा भएको विरोध प्रदर्शनमा सहभागी युवाहरुमाथि प्रहरीले दमन गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपालले सोमबार कलैयामा विरोध कार्यक्रम आयोजना गरेको छ ।

कलैयास्थित नेकपा एमाले पार्टी कार्यालयदेखिबाट निस्किएको विरोध र्याली भरतचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागी युवाहरुले वर्तमान सरकार र प्रहरी दमनको विरोधमा नारा लगाएका थिए ।

विरोध सभालाई नेकपा एमाले प्रदेश नम्बर दुईका प्रदेश कमिटी सदस्य ताज महम्मद रायले सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोत्तम साहको अगुवाइमा सम्पन्न बिरोध कार्यक्रममा संघका केन्द्रीय सदस्य अशोक तिवारी, प्रदेश सदस्य मनोजकुमार साहलगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here