बीरगंज, १० भदौ ।
पर्सामा लागुऔषध प्रयोग र कारोबारको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो दुई वर्षको अन्तरालमा लागुऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्ने क्रम दोब्बरले बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्ष ०७६÷७७ मा १११ वटा मुद्धा दर्ता भएकामा ०७८÷०७९ माआइपुग्दा यो संख्यादुई गुणाभन्दा बढी पुगेर २३७ वटा मुद्धा दर्ता भएको छ । कारोबारमा संलग्नहरु पनि दोब्बरले बढेका छन् ।
आर्थिक वर्ष ०७६÷७७ मा १७० जना पक्राउ परेकामा गएको आर्थिक वर्षमा त्यो संख्या दोब्बरले बढेर २४६ पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । यो त प्रहरीले पक्राउ गरेकाहरुको तथ्यांक हो । प्रहरीस“ग लुकामारी गर्दै यो भन्दा बढी मात्रामा लागुऔषधको कारोबार हुने गरेको र त्यसमा संलग्नहरु रहेको स्रोतको दावी छ । पछिल्लो तीन वर्षको तथ्यांक अनुसार सबैभन्दा धेरै नाइट्रोभेट ट्याब्लेट सेवन गर्नेहरु रहेको देखाएको छ । गएको आर्थिक वर्षमा १५ हजार ६ सय ४२ पिस यो ट्याब्लेट पर्सा प्रहरीले बरामद गरेको थियो ।
भारतस“गको खुला सिमाका कारण ब्राउनसुगर, अफिम, चरेश, गा“जा लगायतका लागु औषधको तस्करी फस्टाउ“दै गएको पाइएको हो । यताबाट गा“जा, चरेश, अफिम उता लैजाने र उताबाट नाइट्रोभेट, फेनार्गन, नुर्फिन, कोरेक्स जस्ता लागु औषध यता ल्याउने गरेको पाइएको हो । गएको आर्थिक वर्षमा १३५० किलो गा“जा प्रहरीले बरामद गरेको थियो भने ब्राउन सुगर ५८ ग्राम, अफिम १३ ग्राम, चरेस २३ ग्राम बरामद गरेको थियो । चालु आर्थिक वर्षको पहिलो महिनामै १ महिला सहित ३८ जना लागुऔषध कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरिसकेको छ ।
एक महिनाको अवधिमा चरेस २ किलो, ब्राउन सुगर ५ ग्राम, गा“जा ९ किलो बरामद भएको छ । यस्तै नाइट्रोभेट ट्याक्लेट ३५३४ पिस, डाइजिल्याब १३७०, नुुर्फिन १४५८, डाइजिल्याब १६४८ एम्बुल बरामद भएको पनि प्रहरीको तथ्यांकले देखाएको छ ।
भदौ ४ गते तेल बोक्ने ट्यांकरमै गा“जा बरामद भएको छ । ट्यांकरको तेल भर्ने ट्यांकी भित्र गा“जा राखेर भारत लैजान लागेको अवस्थामा प्रहरीले १७२ किलो गा“जा सहित एक जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्लाप्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका मुद्दा मध्ये ५० प्रतीशत भन्दा बढी लागु औषधको प्रयोग र कारोबारस“ग सम्बन्धितहुने गरेको छ । यसले गर्दा पछिल्ला समय पर्सा प्रहरीको हिरासत र कारागारमा लागु औषध कारोबारमा संलग्न तथा प्रयोगकर्ताले भरिन थालेका छन् ।
लागु औषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिरहेको प्रहरीको दाबी छ । खुलानाका नै चुनौति रहेको जिल्लाप्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक गिरी बताउ“छन् । आफूहरुको सक्रियताले नै कारोबारीहरु पक्राउ परेका उनको भनाई छ ।