नरेश गुप्ता

बरियारपुर,बारामा स्थानीयत तह निर्वाचनका एकजना उम्मेदवारको पैसा लिन अस्वीकार गर्ने एकजना मतदाता उल्टै कुटिएका छन ।

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ४ लौतन निवासी वर्ष ६० का शंकर रामले पैसा लिएर मतदान गर्न अस्वीकार गरेपछि कुटपिटमा परेका हुन ।

पैसा नलिएपछि रामलाई स्थानीय माओवादी कार्यकर्ताले मंगलबार राती कुटपिट गरेको घटना बाहिर आएको छ । स्थानीय चुनावको मिति नजिकिदै गएपछि करैयामाई गापा वडा नम्बर ४ लौतनमा मतदाताले रकम नलिएर आफ्नो ईच्छामा मत हाल्ने बताएपछि माओवादी कार्यकर्ता स्थानीय कन्हैया ठाकुर लगायत तीन जनाको समूहले स्थानीय शंकर रामलाई कुटपिट गरेका छन । उनीहरुले रामलाई रकम लिएर आफ्नो पार्टीमा मतदान गर्न भनेको र नमानेपछि कुटपिट गरिएकको स्थानीयको भनाइ छ ।

छिमेकीको घरमा बिहेको भोज खाइरहेको अवस्थामा स्थानीय माओवादी कार्यकर्ता शंकर ठाकुर, अरुण ठाकुर, आर्जुन ठाकुर लगायतको समुहको कुटपिटबाट राम गम्भीर घाइते भएका थिए । घाइते रामको उपचार कलैया अस्पतालमा भैइरहेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार मध्य रातिदेखि शुरु भइसकेको अवस्थामा आचारसंहिताको उल्लंघन उम्मेदवारबाट भइरहेकोप्रति नागरिक समाज चिन्तित बनेको छ । विभिन्न दलका उम्मेदवारहरुले मतदाता रिझाउन रकमको चलखेल गर्नुका साथै विभिन्न किसिमको सामग्री समेत घरघरमा पुर्याएको घटनासमेत बाहिर आउन थालेका छन । तर निर्वाचन कार्यालय भने आचारसंहित विपरीत हदै गरेका घटना नियन्त्रण गर्ने बारेमा मौन बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here