(FILES) In this file photo taken on April 1, 2020 medical staff install patients infected with the COVID-19 onboard a medicalised TGV high speed train at the Gare d'Austerlitz train station in Paris to be evacuated from Paris' region hospitals to other hospitals in the western France Brittany region where the outbreak has been limited so far. - Eight medicalised high speed train (TGV) have carried 157 patients infected with COVID-19 since March 26, a precision operation led by The French railway operator SNCF, AFP reports on April 8, 2020. (Photo by Thomas SAMSON / AFP)

निजगढ, १३ भदौँ– निजगढ नगरपालिकाकी ४७ वर्षकी एक संक्रमित महिलाको शनिबार निधन भएको छ ।

उनको चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा शनिबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । बिहान सात बजेर ५३ मिनेट जाँदा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

निजगढ नगरपालिका वडा नम्बर ८ घर भएकी उनी जागिरको क्रममा लामो समयदेखि हेटौडा बस्दै आएकी थिइन । मृृतक हेटौडा नवलपुरस्थित निर्मल माध्यमिक विद्यालयकी शिक्षिका हुन । उनी मिर्गौलासम्बन्धी रोगले पीडित रहेको अस्पतालले बताएको छ । साउन २६ गते सीएमसीमा भर्ना भएर उनको डायलसिस भइरहेको थियो । श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर

हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले कन्ट्याक्ट टेसिङ्गको आधारमा मृतक महिलाको सम्पर्कमा आएका निजगढका ४ जनालाई होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।

उपचारको क्रममा मृतकलाई भेटन चितवन पुगेको परिवारका सदस्यहरुको पहिचान गरी आइसोलेशनमा राखिएको शाखा प्रमुख लामाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here