हेटौंडा –  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेस सभा भवनको निरीक्षण गर्नुभएको छ । आइतबार प्रदेशको राजधानी हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबिच भौतिक दुरी कायम गरेर बैठक संचालन गर्ने बिषयमा छलफल भएको थियो ।

 

 

 

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरीने सभामुख श्रेष्ठले जानकारी गराउनुभयो । बजेट ल्याउने समय भएकोले प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारी स्वरुप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको बताउनुभयो । निति तथा कार्यक्रम र बजेट ल्याउने बिषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ ।

 

 

 

मुख्यमन्त्री पौडेलसङ्ग आन्तरिक मामिला तथा कानुनमन्त्रीशालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियालगायत प्रदेश सभा भवन निरीक्षणमा जानुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here