नरेश गुप्ता

बरियारपुर –  सशस्त्र  प्रहरी  बल र बन रक्षकको टोलिले जितपुर सिमरा उपमहानगरपालिका १६ टागिया बस्ती बाट लुकाई छिपाई राखेको अवस्था सालको गोलिया बरामद गरेको छ । जिल्ला  बन कार्यालय सिमरा अन्तर्गत  रहेको सब डिभिजन बन कार्यालय तामागढीको बन अधिकृत लालबहादुर क्षेत्री र सशस्त्र प्रहरी बल बेश निजगढको  सशस्त्र  प्रहरी  नायब निरीक्षक  दिनेश रेग्मीको कमाण्डमा रहेको बन गस्ती टोलि द्वारा  सालको चिरान गोलिया ३८.२६ क्युफिट बरामद गरिएको  सशस्त्र  प्रहरी  बल १२ नम्बर गणको सशस्त्र  प्रहरी  उपरीक्षक  दिगबिजय सुबेदिले बताउनु भयो ।

 

 

बरामद गरिएको  काठको अन्दाजी  मुल्री एक लाख पचास  हजार रहेको छ । बरामद गरिएको  सालको गोलियालाई सन डिभिजन  कार्यलय  तामागढीमा बुझाईएको छ । नेपाल सरकारले लगाएको लक डाउनको मौका छोपी   काठ तस्करहरु दिनुह जंगल  फरानी गरिरहेको छन । 

Leave a Reply