वीरगन्ज  – वीरगन्ज महानगरपालिकाको विकासको  बारेमा अर्थमन्त्री डा युवराज खतीवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी विच छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरको विपद व्यवस्थापन, वीरगन्जको घन्टाघरको उत्तर तर्फ रहेको यातायातको जग्गामा पार्क निर्माण लगायतकाे विषयमा छलफल गरेकाे छन् ।

 

त्यसैगरी सिरिसिया कोरिडोरको लागी आवश्यक बजेट व्यवस्थापन, वसपार्कको दक्षिण तर्फ रहेको नगरवा पोखरीमा पुल एवम पार्क निर्माण योजनाको लागी बजेटको व्यवस्था,   ट्रान्पोर्ट नगरको निर्माण  र एडिविको थप भेरिएसन लगायतका ठुला योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहण छलफल भएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत उमेश बस्नेतले बताए ।

 

 

 

 

 

वीरगन्ज महानगरपालिकाले त्यार पारेको ठुला तथा महत्वाक्षी योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहण छलफल भएको बताउदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले महानगरपालिकाको बिकासको बारेमा अर्थमन्त्री धेरै सकात्मक घारणाहरु राख्नु भएको जानकारी दिए  ।  महानगरपालिकाले उठाए विभिन्न विकास योजनाहरुको लागी आउने बजेटमा रकम विनियोजन गर्ने अर्थमन्त्री खडकले आश्वासन व्यक्त गरेका बताए । 

Leave a Reply