दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हवी नगरपालिपालिका वडा नमबर ११ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुर्वामा कार्यरत सहायक शिक्षक रघुबंशप्रसाद चौधरीले अनिवार्य अवकाश पाउनुभएको छ ।

यही माघ १९ सेवाबाट अवकाश लिनुभएका उहाँलाई सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दुप्रसाद चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा चौधरीको बिदाइ गरिएको हो ।
कोल्हवी नगपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, समितिका पदाधिकारी भरतराज चौधरी, शिक्षाप्रेमी रामसुन्दर चौधरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपहीका प्रधानध्यापक भुनेश्वर चौधरी, वडा सदस्य रनियादेबी चौधरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जुअवाका प्रधानध्यापक नरेन्द्र चौधरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्वा धोधरपाका प्रतिनिधि पुरुषोत्तम चौधरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुर्वाका प्रधानध्यापक गंगाराम चौधरी, वडा अध्यक्ष नन्दकिशोर चौधरीलगायत विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा शिक्षक चौधरीलाई सम्मान स्वरुप फूलमाला, गम्छा र टिका लगाएर बिदाइ गरिएको थियो ।विदाइ कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सबिता चौधरीले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन शिक्षक दिनेशप्रसाद साहले गर्नुभएको थियो ।


















