काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बिहीबारको कारोबारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा गिरावट आएको हो।

















