हेटौंडा-  हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा अटोमेटिक सेनिटाइज मेसिन राखिएको छ । उपमहानगरपालिका छिर्दा सेवाग्राही र कर्मचारीलाई सेनिटाइज गरेर मात्र भित्र छिराउन सकिन्छ । अटोमेटिक सेनिटाइज मेसिन को उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो ।

 

कोरोना भाइरस (कोभिड १९) को त्रास वढी रहेको समयमा हेटौंडा उपमहानगरपालिका छिर्ने गेटमै राखिएको र यो समयमा उपयोगि हुने मेयर महतले वताउनुभयो । यसअघि भारत र प्रदेश २ बाट छिर्ने कुनैपनि चालकलाई हेटौंडाको रातेमाटेमा सेनिटाइज गरेर मात्र छिर्न दिने गरी राखिएको थियो । त्यसपछी उपमहानगरपालिका कार्यालयमा राखिएको हो ।

 

 

 

मेयर महत, उपमेयर मिना कुमारी लामा, उपमहानगरपालिकाका सवैजसो कर्मचारीहरु अटोमेटिक सेनिटाइज मेसिन भित्र छिरेर आज पुरै शरिरलाई सेनिटाइज गरेका थिए । उपमहानगरपालिकाले एक लाख ६० हजार रुपैयाँ लागतमा खरिद यो मेसिन खरि दगरेको हो । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरिने भएको छ ।

 

 

 

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।

Leave a Reply